सन्दीप लामिछानेको मुद्दा: पीडितको जन्मदर्ता सक्कल फाइल मगाउन अदालतको आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अदालतले पीडितको जन्मदर्ता र जन्मिएको प्रमाणपत्रको सक्कल फाइल माग गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले नाबालिग बलात्कार अभियुक्त लामिछानेको मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको हो ।

क्रिकेटर लामिछानेविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । विदेशमा लिग खेल्न गएका लामिछाने असोज २० गते नेपाल फर्किएका थिए र उनी विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्लाको आदेशविरूद्ध उच्च अदालतमा पुनरावेदन दिएका सन्दीपलाई पुस १८ गते अदालतले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।


क्लिकमान्डु