शरणार्थी प्रकरणबारे ओलीले भने: बाघ भोकै बस्छ घाँस खाँदैन, केपी ओलीले म्याउँ म्याउँ गर्दैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन दलका शीर्ष नेताहरुको बैठकमा विषयमा सन्देह पैदा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले तीन दलका नेताहरुबीच सदनका जटिलता राम्रोसँग लैजाने विषयमा छलफल भएको दाबी गरे ।
ओलीले तीन दलका नेताहरुबीच छलफल हुँदा आफूले मान्छे बचाइदेन नभनेको भन्दै अन्य दुई नेतालाई भन्दा आफूलाई शंकाले हरिएको जनाए ।

‘दुईटा नेता दूधमा नुहाएका, म चाहिँ लौन मान्छे बचाइदेऊ भन्ने गएको ? बाघ भोकै बस्छ, घाँस खाँदैन । केपी ओलीले म्याउँ म्याउँ गर्दैन’ उनले भने ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन गर्न चुनौती दिए ।

उनले सक्कली प्रतिवेदनमा गलत नामसूची घुसाइएको बताए । कभर त्यही राखेर कागज फेरिएको बताउँदै त्यसलाई खोज्नुपर्ने बताए । उनले भने, ‘कभर त्यही राखियो, भित्रको कागज फेरियो । व्यक्तिको सूची परिवर्तन गरियो । परिवर्तन गर्ने खोजौं न । एमालेलाई गाली गर्न रहर लाग्या छ भनेर रहर गर्न पनि होइन जिन्दगी । म चुनौतीका साथ भन्छु । म प्रम भएँ । गृहमन्त्री भएँ । परराष्ट्र मन्त्री भएँ । छानबिन गरियोस् ’ उनले भने ।


क्लिकमान्डु