नीति तथा कार्यक्रम फिर्ता लिनुस्: ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शुक्रबार सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले त्यसमा धेरै विषयवस्तुहरु समेटिन नसकिएको भन्दै पुनर्लेखन गर्न माग गरे ।

‘प्रस्वावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् । यो पुनर्लेखन गर्नुहोस् । यो पास भएन भनेर प्रतिपक्षीले भन्छ भनेर भन्नुभन्दा फिर्ता लिनुहोस् । यो देशको लागि गरेका छौँ ’ ओलीले भने ।

देश असामान्य अवस्थगाबाट गुज्रिरहेको भन्दै ओलीले जनतामा असन्तुष्टि व्याप्त रहेको बताए । सरकारप्रति जनताको विश्वास अभूतपूर्व ढंगले ह्रास भएको दाबी गरे।

अर्थतन्त्र संकटापन्न भएको देखिएको र राजस्व उठाउन सरकार असफल भएको बताए । सरकार अनिवार्य खर्च व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

भने, ‘देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’
नीति तथा कार्यक्रम विरोधाभाषी भएको ओलीको टिप्पणी छ ।


क्लिकमान्डु