प्रधानमन्त्री जेठ १७ गते भारत जाने



काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री जेठ १७ गते भारत भ्रमणमा जाने भएको परराष्ट्रमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहाल‍ यसपटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरुसँग परराष्ट्रमन्त्री एनपी साउदे आजै छलफल गरेका थिए ।

जेठ १५ मा बजेट सार्वजनिक भए लगत्तै प्रधानमन्त्री भारत जान लागेका हुन् ।


क्लिकमान्डु