विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

त्यस्तै सरकारले आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसार कारोबारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

सरकारले आगामी ५ वर्षमा कारबासमा कैदीको चाप नहुने गरी निर्माण भएका कारागारको सञ्चालन तथा नयाँ कारागार निर्माण गर्ने भएको छ ।


क्लिकमान्डु