२० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने सरकारको योजना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वेदशी उद्योगलाई संरक्षण गर्ने नीति लिइने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले २० प्रतिशत महँगो  भएपनि स्वदेशी वस्तु खरिद गर्ने गरी कानुन बनाइने घोषणा गरे ।

हाल सार्वजनिक खरिद ऐनमा १५ प्रतिशतसम्म महँगो हुँदा स्वदेशी वस्तु खरिद गर्नुपर्ने कानुनी व्यवस्था छ ।


क्लिकमान्डु