हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने



काठमाडौं । सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालन, खारेजी र एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुन: सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

निजी क्षेत्रको सहकार्यमा विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार बनाउने सरकारको योजना छ ।

उद्योगमा निर्वाध विद्युत आपूर्ति सुनिश्चित गरिने र उद्योगले पहुँच सडक बनाएमा सरकारले निश्चित प्रतिशत रकम दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु