राष्ट्रिय योजना आयोगलाई पुन:संरचना गरिने, नीति निर्माणमा भएको दोहोरोपन हटाइने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय योजना आयोगलाई पुन:संरचना गर्दै नीति योजना तथा अनुगमनको केन्द्रीय निकाय बनाइने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नीति अनुसन्धानमा रहेको संस्थागत दोहारोपना हटाइने बताएका हुन् ।

हाल नीतिसम्बन्धी काम गर्न राष्ट्रिय योजना आयोग र नीति प्रतिष्ठान गरी दुई निकाय छन् । सार्वजनिक क्षेत्रबाट हुने अध्ययन अनुसन्धान विश्वविद्यालयबाट गराइने पौडेलले घोषणा गरे ।


क्लिकमान्डु