तीन तहका आयोजना वर्गीकरण गर्ने र तयारी नभएका आयोजनामा बजेट विनियोजन नगर्ने घोषणा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजनाहरु निर्धारण समयमा पूरा गर्न अध्ययन सम्पन्न भएका परियोजनामा मात्रै बजेट विनियोजन गरिने बताएका छन् । 

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आयोजना वर्गीकरण निर्देशिकाबमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गर्दै बजेट विनियोजन गरिने पौडेलले घोषणा गरे ।

सरकारले तीनै तहका सरकारमा परियोजना बैंकसम्बन्धी व्यवस्था गरिने पौडेलले बताए । विकास आयोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जग्गा प्राप्ति, वन क्षेत्र प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन र खरिद प्रक्रियामा सहजीकरण गर्न कानुन ल्याउने सरकारको योजना छ ।


क्लिकमान्डु