‘आर्थिक परिसूचकहरु सकारात्मक हुँदै गयो’



काठमाडौं । सरकारले आर्थिक परिसूचकहरु सकारात्मक हुँदै गएको उल्लेख गरेको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको नीतिगत तथा अन्य सुधारात्मक उपायको परीणाम सबै क्षेत्रमा सकारात्मक नतिजा निस्कन थालेको बताए ।

‘सरकारले सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धिहरु उत्साहजन छन् । आर्थिक परिसुचक सकारत्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वभाविक लयमा फर्कन थालेसँगै राजस्व वैृदेशिक सहायता र लगानीमा सकारात्म असर परेको छ भने विप्रेषण आप्रवाह वढेको विदेशी मुद्रासञ्चिति बढेको छ ।’

बैंक ब्याजदरमा तुलनात्मक सुधार भएको, विदेशमा रहेका नेपाली सामाजिक सुरक्षाकोषमा आवद्ध हुन थालेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषण औपचारिक रुपमा भित्र्याउन सरकार स्पष्ट रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


क्लिकमान्डु