नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन: सांसद जितेन्द्रनारायण देव



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।

सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उनको भनाइ थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए ।

मुलुकमा भ्रष्टाचार अव पनि बढदै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउन सक्ने पनि उनले बताए ।


क्लिकमान्डु