अग्नि सापकोटाको नेतृत्वमा २० माओवादी नेता चीन प्रस्थान



काठमाडौं । प्रतिनिधि सभाका पूर्वसभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सापकोटा नेतृत्वको २० सदस्यीय पार्टी प्रतिनिधि मण्डल आज मध्याह्न चीन प्रस्थान गरेको हो ।

प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।


क्लिकमान्डु