खेल क्षेत्रमा सीएसआरको रकम प्रयोगमा पहल गर्न प्रधानमन्त्रीसँग माग



काठमाडौं । नेपाल सुपर लिगले खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीलगायतले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल लाई बालवुटारस्थित प्रधानमन्त्री निवासमा भेट गरि खेल क्षेत्रमा सीएसआर कोषको रकम प्रयोग गर्नको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

यस्तै उनीहरुले सीएसआर कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा पुयाउन सक्ने सकारात्मक प्रवाभहरुको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री पनि यस विषयमा सकारात्मक रहेको जानकारी गराएको नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको बारे जानकारी गराएकी थिइन् ।

सम्पुर्ण खेलकुद क्षेत्रमा उचित लगानी र निजी क्षेत्रलाई पनि सम्मिलित गराउने हो भने समग्र नेपाली खेलकुद क्षेत्रले काँचुली फेर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु