कौशलटारमा २९ वटा घडेरी बिक्री गर्दै सीई कन्स्ट्रक्सन, प्रतिआना मूल्य कति ?



काठमाडौं । रियल स्टेट क्षेत्रमा स्थापित कम्पनी सीई कन्स्ट्रक्सन प्रालिले भक्तपुरको कौशलटारमा जग्गा प्लटिङ गरेर घडेरी बिक्री गर्न थालेको छ ।

कम्पनीले हालै मात्रै प्लटिङको सम्पूर्ण कार्य सम्पन्न गरेर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

सीईले उक्त क्षेत्रमा अन्य रियल स्टेट व्यवसायीहरुसँग सहकार्य गरेर २९ वटा घडेरी तयार गरेको जनाएको छ । लगानीकर्ता देशप्रसाद खरेलले जग्गामा सीई कन्स्ट्रक्सनसँगै अन्य व्यवसायीहरुको संयुक्त लगानी रहेको बताए ।

उनकाअनुसार सीई कन्स्ट्रक्सन र अन्य व्यवसायीको सहकार्यमा कौशलटार क्षेत्रमा घडेरी तयारी गरी ३ दिन अघि मात्रै बिक्री खुला गरेको हो ।

कम्पनीले कौशलटार चोकबाट ५ सय मिटर दक्षिणतर्फ २० फिटे मोटरबाटोमा घडेरी तयार गरेको छ । प्लटिङमा ढल, पानी बिजुलीसहित खुला क्षेत्रको सुविधा रहेको कम्पनीले जनाएको छ ।

४ आना २ दामदेखि ५ आना ३ पैसा क्षेत्रफलको २९ वटा घडेरी तयार गरेको खरेलले बताए । त्यसमा प्लटअनुसार प्रतिआना ४५ लाखदेखि ५० लाख रुपैयाँ मूल्य तोकेको उनको भनाइ छ । हालसम्ममा ७ वटा घडेरी बिक्री भइसकेको उनले जानकारी दिए ।

सीई कन्ट्रक्सनको देशभर नै उपस्थिति छ । कम्पनीले देशभरका मुख्य शहरहरुमा अपार्टमेन्ट, कोलोनी, कम्प्लेक्ससहित होटल तथा रेष्टुरेन्ट निर्माण कार्यलाई तीब्रता दिँदै आएको छ । साथै, कम्पनीले जलविद्युत क्षेत्रसँगै पर्यटन विकास क्षेत्रमा काम गर्दै आएको छ ।


क्लिकमान्डु