संसदमा चित्रबहादुरको प्रश्न- प्रधानमन्त्रीले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता के हो ?



काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री बनपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्नाको कारणबारे संसदमा प्रश्न उठेको छ ।

बिहीबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने बाध्यता के होला ? भन्दै प्रश्न गरेका थिए ।

जवाफ दिँदै प्रधानमन्त्री दाहालले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको र त्यसको जवाफ आफूले पहिलो कार्यकालमा दिइसकेको उनले बताए ।

‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन । त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु,’ प्रधानमन्त्रीले भने, ‘भारत भ्रमण गर्ने प्रचलन भए पनि राजनीतिक बाध्यता छैन ।’


क्लिकमान्डु