अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका छन् ।

प्रतिनिधि सभामा सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भूकम्प, कोरोनाको प्रभाव र अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण समग्र विश्वमा मागमा ह्रास आएको बताए ।

तरताको संकुचन हुनुका साथै घट्दो दरमा राजस्व परिचालन भएको र पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीति तथा कार्यक्रममा सुधार गरी समष्टिगत आर्थिक स्थायीत्व कायम गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु सरकारको प्राथमिकतामा छ’ प्रधानमन्त्रीले भने, ‘सरकारी खर्चमा मितव्यिता कायम गरि फजुल खर्च नियन्त्रण गरिएको छ । राजस्व प्रसासनलाई चुस्त बनाउँदै राजस्वको दायर विस्ता गर्ने नीति सरकारले लिएको छ ।’
र नीतिहरुको सकारात्मक संकेतहरु आएको उनले बताए ।

विदेशी लागनीलाई प्रत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने नीति सरकारको रहेको उनले बताए ।


क्लिकमान्डु