नेपाल इन्टरमोडल यातायात विकास समितिमा ३३ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले ३३ जना सुरक्षाकर्मी करारमा लिनका लागि प्रस्ताव आह्वान गरेको छ।

समितिले चोभार सुक्खा बन्दरगाह तथा विराटनगर सुक्खा बन्दरगाहमा सुरक्षा व्यवस्था गर्नका लागि ३३ जना सुरक्षाकर्मीहरु करारमा लिन लागेको हो । बढिमा एक वर्षका लागि सुरक्षाकर्मीहरु करारमा लिन लागिएको समितिले जनाएको छ ।

उक्त प्रस्तावमा नेपाल सरकारबाट इजाजत प्राप्त इन्छुक रजिष्ट्रड फर्म, संस्था वा कम्पनीले प्रति महिनाको दररेट उपलब्ध गराएर प्रस्ताव तोकिएको म्यादभित्र समितिमा बुझाउन सकिने छ ।

प्रकाशित सूचनाकाअनुसार जेठ १९ गते दिनको १ बजेबाट करारमा सुरक्षाकर्मी लिनेसम्बन्धी प्रस्ताव खोलिनेछ ।


क्लिकमान्डु