इटहरीमा पाँच तारे होटल सञ्चालन, व्यवस्थापन फेरिएपछि नाम परिवर्तन



काठमाडौं । सुनसरीको इटहरीमा पाँच तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । दुई अर्ब लगानीमा बनेको होटल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा पाँच तारे होटल सञ्चालनमा आएको बुझिएको छ । यसअघि होटल गरिमा नाम दिएर सुरु गरिएकोमा सोल्टीले व्यवस्थापनको जिम्मा लिएसँगै ‘सोल्टी वेस्टेन्ड’ नाम राखिएको हो ।

‘सोल्टी वेस्टेन्ड’ पूर्वकै पहिलो अत्याधुनिक र ठूलो होटल भएको सञ्चालकको दाबी छ । होटलमा ८० कोठा, एक हजार अटाउन सक्ने क्षमताको ५ वटा ब्याङ्केवट, सेमिनार हल, भोजन कक्ष र सभा कक्षा छन् ।

त्यसैगरी होटलमा ३ वटा रेस्टुरेन्ट, फिटनेस, स्पा, साउना बाथलगायतको पनि सुविधा छ । होटलले छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।


क्लिकमान्डु