पाकेटमारले प्रयोग गर्ने कोड भाषा र त्यसको अर्थ जानिराख्नुहोस्



काठमाडौं । पाकेटमारका अनेक दाउ हुन्छन् । अर्काको खल्तीमा रहेको पैसा लुट्न या गरगहना थुत्न उनीहरुले अनेक उपाय लगाउँछन् ।

पाकेटमार कहिलेकाहीँ एक्लै पनि हुन्छन् । तर, धेरैजसो उनीहरु समूहमा हिँड्छन् । पक्राउ परिहाले पाकेटमारलाई ‘निरीह’ भन्दै बचाउन र अफ्ठ्यारोमा पारेर पैसा तथा गरगहना थुत्न प्राय: उनीहरु संगठित नै भएका हुन्छन् ।

पक्राउ परेका पाकेटमारले कस्ता शब्द र भाषा प्रयोग गर्छन् भन्नेबारेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी गरेर सर्वसाधारणलाई होसियार बन्न अपिल गरेको छ ।

कार्यालयका अनुसार पाकेटमार समूहबीच कुरा हुँदा यस्ता शब्द प्रयोग हुन्छन् ।

कोर्ड भाषा – अर्थ भाषा

टिनुवा – पाकेटमार

खडी – लुटपाट

घोप्टे – खुकुरी

चिसो – छुरी – चक्कु

धुव्रदाइ – पैसावाल मानिस

कान – मोबाइल

दस्ती तोड – रुपैयाँ निकाल

दह – रुपैयाँ निकाल

थान – रु. १००० को नोट

गज – रु. १०० को नोट

सेतो आधा – रु. ५०० को नोट

टिप्ली मास्टर – पाकेटमारको मुख्य मानिस

ढेक – पाकेटमार्दा छेकछाक गर्ने मानिस

ठुला – सादा पोसाकका प्रहरी

लाटा – युनिर्फमका प्रहरी

मानबेचे – प्रहरी भ्यान

डे – केरकारको प्रहरी

टिप – पैसा खसालेर टिप भन्ने अनि अरुको खल्तीबाट झिक्ने

निलचरी – आर्मी, सशस्त्र प्रहरी

बिरालो – सेतो भ्यान


क्लिकमान्डु