डिजेलको भाउसँगै यातायातको भाडा घट्यो, कहाँबाट कहाँ जान कति भाडा ?



काठमाडौं । सरकारले लामो दूरीको (अन्तर प्रदेश) सार्वजनिक यातायातको भाडादर घटाएको छ ।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक र मालवाहक सवारीको भाडा घटाएको जानकारी दिएको हो । इन्धनको मूल्य घटेसँगै सोही आधारमा गाडीको भाडादरलाई समायोजन गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा यसअघिको भाडामा ३.२ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ४.६५ प्रतिशत कम गर्दै नयाँ भाडादर कायम गरिएको छ ।

विभागले २०७८ चैत १७ मा निर्णय गर्दै इन्धनको बजार मूल्य ५ प्रतिशतले घटेमा वा बढेमा सोही अनुसार सार्वजनिक सवारीसाधनको मूल्य पनि समायोजन हुने व्यवस्था गरेको थियो ।

पछिल्लो पटक २०७९ असार २० गतेको इन्धनको बजार मूल्यको आधारमा भाडा समायोजन गरिएको थियो । त्यसबेला १७२ रुपैयाँ प्रतिलिटर रहेको डिजेलको मूल्य जेठ २ गते १७ रुपैयाँले बटेर बजार मूल्य १५५ रुपैयाँ कायम भएसँगै भाडा दर पनि समायोजन गरिएको हो ।

विभागले सूचनामा भनेको छ, ‘सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ९.८८ प्रतिशत घटी भएको हुँदा जेठ ३ गतेबाट लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने यातायातको भाडा स्वचालित प्रणालीअनुसार समायोजन गरिएको छ ।’

यस्तो छ नयाँ भाडादर


क्लिकमान्डु