सरकार निजी क्षेत्रमैत्री हुनुपर्छः वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका छन् ।

निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने उनले बताए ।

निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए ।

सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताए ।

निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने उनले बताए ।

अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने उनको भनाइ थियो ।

डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् देश २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने उनले बताए ।

अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने वाग्लेको भनाइ थियो ।

उनले छिमेकी मुलुकहरुले आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताए ।


क्लिकमान्डु