उत्पादन बढाउनेभन्दा पनि लाइसेन्स लिने र बजार कब्जा गर्ने विकृति बढ्यो: स्वर्णिम वाग्ले
काठमाडौं । अर्थशास्त्री तथा प्रतिनिधि सभाका सदस्य स्वर्णिम वाग्लेले आन्तरिक उत्पादन बढाउनभन्दा पनि लाइसेन्स लिँदै बजार कब्जा गर्ने विकृति बढेको बताएका छन् ।
सोमबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका वाग्लेले विभिन्न लाइसेन्स लिन खुलेयाम भ्रष्टाचार भइरहेको बताए ।
‘आन्तरिक उत्पादन नबढ्दासम्म कुनै पनि देशको आर्थिक समृद्धि भएको छैन’ वाग्लेले भने,’केही महँगो भए पनि आन्तरिक उत्पादन उपभोग गर्ने बानी पार्नु पर्छ । अमेरिका बेलायतले यसै गरि आर्थिक विकास गरेका हुन् ।’
वाग्लेले सांसदको रूपमा औद्योगिक वातावरण बनाउन नीतिगत सुधारका लागि प्रयास गर्न बताए ।