सानिमा जिआईसीको नाफा १०३ प्रतिशतले बढ्यो



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ३२ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको । जुन गत आवको सोही अवधिको तुलनामा १०३.०५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १० करोड ५० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

साविकका सानिमा जनरल र जनरल इन्स्योरेन्सले एक आपसमा मर्ज भई गत कात्तिक ७ गतेदेखि सानिमा जिआईसीको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए । साविक सानिमा जनरलको कात्तिक ७ गतेसम्मको नाफा सञ्चित मुनाफामा देखाईएको र अन्तिम लेखापरीक्षण पश्चात फरकम पर्न जाने कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमाशुल्क समेत ११४.३२ प्रतिशतले बढेर ४७ करोड ६८ लाख ४० हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले गत आवको सोही अवधिमा २२ करोड २४ लाख ९४ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बिमा कमिशन आयबाट २२ करोड ५४ लाख २५ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड ५० लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा २ करोड २९ लाख १३ हजार रुपैयाँ, पुनर्बिमा कमिशन खर्च शिर्षकमा १ लाख ७७ हजार रुपैयाँ र खुद दाबी भुक्तानी शिर्षकमा १८ करोड १३ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

१ लाख ३७ हजार ९२९ वटा बिमालेख जारी भई यस अवधिमा १ अर्ब ३८ करोड ९६ लाख ३३ हजार रुपैयाँ कुल बिमाशुल्क संकलन भएको छ । यस अवधिमा कम्पनीमा नवीकरण भएका बिमालेखको संख्या २३ हजार ५४५ वटा रहेको छ ।

यस्तै, ३ हजार ४८१ वटा कुल बिमा दाबीवापत ७३ करोड ९५ लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने ५ हजार ७५९ वटा दाबीवापत १ अर्ब १६ करोड २१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ३० करोड ७७ लाख ७८ हजार रुपैयाँ र बिमा कोषमा ३९ करोड ३२ लाख ६६ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रति सेयर आम्दानी १४.२२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३६.७२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु