२३ प्रतिशतले बढ्यो मेट लाइफको नाफा, बिमाशुल्क घट्यो



काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २२ करोड ३३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा २३.४० प्रतिशतले कमी हो ।

गत आवको यसै अवधिमा कम्पनीले १८ करोड १० लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्मको अवधिसम्ममा कम्पनीले ३ अर्ब ७२ करोड २३ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २.८० प्रतिशतले कम हो । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ३ अर्ब ८३ करोड ८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले चालू आवको त्रैतमसान्तसम्ममा पुनर्बिमा कमिशनबाट ७ करोड ६८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ४८ करोड ८ लाख रुपैयाँ र बिमालेख धितोमा कर्जाबाट १२ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ३५ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ । इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब ८१ करोड ८२ लाख रुपैयाँ र बिमा कोषमा २२ अर्ब ४० करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधिमा ५ हजार ८८३ वटा बिमा दाबीवापत २ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने ३३७ हजार बीमा दाबीवापत ६१ करोड ६१ लाख ९६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु