नेपाल लाइफको नाफा ४४ करोड, व्यवसाय ३ प्रतिशतले मात्रै बढ्यो



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा कम्पनीको नाफा ऋणात्मक थियो । उक्त अवधिमा कम्पनीको नाफा १९ करोड ४५ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद बीमाशुल्क ३.२४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ अर्ब ८३ करोड रुपैयाँ ९२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ अर्ब ९९ करोड ७९ लाख खुद बिमाशुल्क संकलन गरेको थियो ।

सो अवधिसम्ममा इन्स्योरेन्सले ११ अर्ब ८२ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन शिर्षकमा २ अर्ब २३ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा पुनर्बिमा कमिशन आयबाट ४९ लाख ४१ हजार रुपैयाँ र बिमालेखको धितोमा कर्जाबाट १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चैत मसान्तसम्ममा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा छ ।

८ अर्ब चुक्ता पँजी रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ६७ लाख रुपैयाँ, जीवन बिमा कोषमा १ खर्ब ५७ अर्ब १६ करोड रुपैयाँ र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।

तेस्रो त्रैमासिक अवधिसम्ममा कुल बिमाशुल्क रकम ३.०९ प्रतिशतले बढेर २७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत आवकोे सोही अवधिमा २६ अर्ब ४३ लाख करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको थियो ।

आकर्षित प्रतिफल, समायानुकुल बजार प्रवद्र्धन रणनीति, बढ्दो जनचेतना र बिमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उत्कृष्ट बजार हिस्सा ओगट्दै आएको कम्पनीको भनाइ छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले १० अर्ब ९५ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । सकेसम्म छिटो र छरितो तरिकाले बिमितहरुका लागि दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अवधिमा १ खर्ब ६२ अर्ब रुपैयाँ २८ करोड रुपैयाँ कुल लगानी गरेको छ ।


क्लिकमान्डु