एनएलजी इन्स्योरेन्सको नाफा ४ प्रतिशतले बढ्यो



काठमाडौं । एनएलजी इन्स्योरेन्सको नाफा ४ प्रतिशतले बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १७ करोड ७४ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९० प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा कम्पनीले १७ करोड ७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमाशुल्क २६.१९ प्रतिशते बढेर ७० करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा ५५ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बिमा कमिशन आयबाट २५ करोड ५४ लाख ९३ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ५ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, कम्पनीले खुद दाबी भुक्तानी शिर्षकमा ३४ करोड ६८ लाख ५८ हजार रुपैयाँ, अभिकर्ता कमिशन शिर्षकमा ४ करोड ४ लाख रुपैयाँ र पुनर्र्बिमा कमिशन खर्च शिर्षकमा १ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले १ लाख ५३ हजार ३५५ वटा कुल बिमालेख जारी गरी १ अर्ब ८१ करोड १२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीमा नवीकरण भएका बिमालेखको संख्या ३७ हजार ८५९ वटा रहेको छ ।

यस अवधिमा कम्पनीले कुल ७ हजार १६३ वटा बिमा दाबीवापत १ अर्ब ६१ करोड ३५ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

यस्तै, कम्पनीले ५ हजार ५३ वटा कुल बिमा दाबीवापत १ अर्ब १२ करोड ३५ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १६.२१ रुपैयाँ र प्रति सेयर नेटवर्थ २०५.८९ रुपैयाँ छ ।

१ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा २४ करोड ४४ लाख ६ हजार रुपैयाँ र बिमा कोषमा १ अर्ब २४ करोड ८३ लाख २५ हजार रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु