हिमालयन एभरेष्ट इन्स्यारेन्सले कमायो २३ करोड नाफा, बिमाशुल्क २६ प्रतिशतले बढ्यो



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २३ करोड ७ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन ६.६३ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमाशुल्क २६.०२ प्रतिशतले बढेर ८९ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बिमा कमिशन आयबाट २० करोड ७ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, यस अवधिमा कम्पनीले अभिकर्ता कर्जा शिर्षकमा ४ करोड ६४ लाख रुपैयाँ, कर्मचारी बोनस व्यवस्था शिर्षकमा ३ करोड ६६ लाख २७ हजार रुपैयाँ र खुद दाबी भुक्तानी शिर्षकमा ३६ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले यस अवधिमा १ लाख ६२ हजार १७४ वटा बिमालेख जारी गरी २ अर्ब २९ करोड ४७ लाख ६० हजार रुपैयाँ कुल बिमाशुल्क सुंकलन गरेको छ । यस अवधिमा कम्पनीमा नवीरकण भएका बिमालेखको संख्या २१ हजार १५६ छ ।

कम्पनीले यस अवधिमा ८ हजार ३८५ वटा कुल बिमा दाबीवापत ९६ करोड ८६ लाख ३३ हजार रुपैयाँ भुक्तानी गर्दा १० हजार ४२५ वटा बिमा दाबीवापत १ अर्ब ७० करोड ९६ लाख २८ हजार रुपैयाा भुक्तानी गर्न बाँकी छ । भुक्तानी हुन बाँकी दाबी संख्या र रकम कोरोना बिमाको समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १३.७४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १९५.३६ रुपैयाँ छ ।

२ अर्ब २३ करोड ९९ लाख ३७ रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा तथा कोषमा ८७ करोड ५१ लाख १९ हजार रुपैयाँ र बिमा कोषमा १ अर्ब २० करोड ९८ लाख २२ हजार रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु