नागरिक चाहनामा आधारत बजेट बनाउन काठमाडौं महानगरले बनायो सुझाव संकलन संयन्त्र



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ ।

अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटको कस्तो व्यबस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन् ।

यी शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिने महानगरका प्रमुख बालेन्द्र शाहले जनाएका छन् ।

नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्नेछ । सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ ।

महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र सम्बन्धित छन् ।

यी विषयमा सुझाव दिनका लागि निम्न ठेगानाबाट सुझाव सम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रम सम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका २३ वटा शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ ।

यहाँ रहेको आफ्नो सुझाव दिनोस् वटम थिचेपछि पुगिने पेजमा कार्यक्रम –बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी २ वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ ।

स्क्यान गरेर पनि सुझाव दिने पेजमा जान सकिन्छ ।


क्लिकमान्डु