काठमाडौंबाट रेसुंगाको पहिलो व्यवसायिक उडान शुक्रबार



काठमाडौं । काठमाडौंबाट रेसुंगा विमानस्थलसम्मको पहिलो व्यवसायिक उडान शुक्रबार हुने भएको छ ।

काठमाडौंबाट रेसुंगा विमानस्थलमा पहिलो व्यवसायक उडानबाट गुल्मी जानका लागि शुक्रबारको सबै टिकट बिक्री भएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । शुक्रबार नेपाल एयरलाइन्सको हवाई जहाजबाट पहिलो पटक रेसुंगा विमानस्थलमा व्यवसायिक उडान हुँदै छ ।

उनकाअनुसार पहिलो उडानबाट गुल्मी जानका लागि ३ घण्टाभित्रमै सबै टिकट बिक्री भएको हो ।

काठमाडौंदेखि रेसुंगासम्मको हवाई रुटको भाडा ६ हजार रुपैयाँ प्रति व्यक्ति गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार नेपाल एयरलाईन्सलाई हप्तामा दुई उडान (मंगलबार र शुक्रबार) रेसुंगा विमानस्थलसम्मको उडान गर्ने अनुमति दिएसँगै बाटो खुलेको हो ।

स्थानीय समयअनुसार बिहान साढे ६ बजे काठमाडौंबाट रेसंगाका लागि बिमान उड्नेछ ।

दुई साताअघि नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको थियो । निगमको ९ एन– एबिटि जहाजले वैशाख १७ गते काठमाडौंबाट रेसुंगा विमानस्थलसम्म परीक्षण उडान गरेको थियो ।


क्लिकमान्डु