आवेशमा अर्धनग्न भएको होइन, मानसिक सन्तुलन गुमेको छैन: सांसद अमरेशकुमार



काठमाडौं । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा अर्धनग्न बनेका सांसद अमरेश कुमार सिंहले आफूले त्यसो गर्नुको कारणबारे प्रष्टीकरण दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सिंहले अस्तिको घटनाले संसदलाई गिज्याएको बताए ।

‘मेरो अर्धवस्त्र नेपाली जनताको गरिबी, बेरोजगार युवाहरुलाई विदेश लखेट्ने र भ्रष्टाचारीहरुले राज गर्ने र उल्टै उपदेश दिनेको विरुद्धमा थियो,’ उनले भने ।

आफू हजार चोटी अर्धवस्त्र हुन तयार रहेको भन्दै उनले कुनै नेपाली त्यस्तो अवस्थामा पर्न नहुने बताए ।

आफू आवेशमा अर्धवस्त्र नभएको उनले बताए ।’म कुनै आवेशमा आएको होइन । कुनै माननीय सदस्यले भनेजस्तो मेरो कुनै मानसिक सन्तुलन गुमेको होइन । बरु उहाँ भन्दा २/४ वटा बढी डिग्री पढेको व्यक्ति पनि हुँ’ उनले भने ।

आफ्नो अभियानका कारण आज ठूला माछा समातिएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिए ।


क्लिकमान्डु