सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु