कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः सांसद दाहाल



काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन्।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा दाहालले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गरे ।

उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे ।

‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने’ उनले भने, ‘यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढीरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’


क्लिकमान्डु