प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले पहिलो पटक लगानीकर्तालाई लाभांश वितरण गरेको हो ।


क्लिकमान्डु