नेपाल-भारत सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र कठिन रहन्छः सांसद पौडेल



काठमाडौं । सांसद प्रदिप पौडेलले नेपाल र भारतको सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र, शान्ति सुरक्षा र सुशासन कायम गर्न कठिन भएको हुने बताएका छन् ।

उनले सीमाको नियमित निगरानी गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् ।

सांसद पौडेलले सरकारले ल्याएको आगामी आर्थिक विनियोजन विद्येयक-२०८० का सिद्धान्त र प्राथमिकतामा धेरै विषय परेको भएपनि पुनसंरचना गर्ने नगरी नआएको बताएका छन् ।

सांसद पौडेलले विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकतामा नुन नपुगेको खल्लो होकी जस्तो देखिएको बताए ।
तथ्याङकले अर्थतन्त्रमा समस्या छ भनेर देखाएको र त्यसको समाधान गर्न आवश्यक रहेको बताए ।

उनले सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक क्षेत्रमा कार्यरत श्रमिकसम्म पुर्याउन, सबैलाई सामाजिक सुरक्षा प्रदान गर्ने सजिलो बाटो खोज्न सुझाव दिए । सामाजिक सुरक्षाबाट पाउने सेवा आवश्यक पर्नेलाई मात्रै दिने र कसलाई पर्ने कसलाई नपर्ने हो भन्ने बारे राज्यले तथ्याङक संकलन गर्न सुझाव दिए ।

पौडेलले निजी क्षेत्रका समस्यालाई समेट नसकेको, गैर आवासिय नेपालीलाई लगानी गर्न सजिलो वाताबरण बनाउन, युरोप, अमेरिका लगायतका देशमा रहेका नेपाली, लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न सुझाव दिए ।
अहिले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नसकेको, अनुदान पनि ल्याउन सकेको अहिलेको अवस्थामा नेपालीको लगानी नेपालमा नै गर्ने स्थित निर्माण गर्न सुझाव दिए ।

नेपालमा अपार्टमेन्ट किन्न चाहने नागरिकलाई सुविधा दिने भनेर बजेटमा ल्याएको भएपनि कानून बनाउन नसकेका कारण कार्यान्वयन हुन नसकेको स्मरण गराए ।

उनले कृषिमा उत्पादनमा आधारित अनुदान दिन समेत सुझाव दिए । यसले युवालाई कृषिमा आकर्षित गर्न सक्ने उनको सुझाव छ । कृषि उत्पानलाई उद्योगको सरह मान्यता दिन, युवालाई उद्यममा लाग्न सबै प्रदेश सदरमुकाममा बिजनेश इन्क्युभेसन सेन्टर स्थापना गर्न, उत्पादन मुलक उद्योगलाई अन्य क्षेत्रलाई दिने सुविधा भन्दा बढी दिन आग्रह गरे । उनले ८०, ९० को देशकलाई औद्योगिक विकासको दशकका रुपमा बजेटमा प्रस्तुत गर्न सुझाव दिए ।

उनले लघुवित्तमा लाग्ने गरेको अस्वभाविक व्याजदरलाई घटाएर वाणिज्य बैंक सरह बनाउन नीतिगत व्यवस्था गर्न, सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।


क्लिकमान्डु