अर्थमन्त्री अनुपस्थित भएपछि स्थगित भयो प्रतिनिधिसभा बैठक



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

गामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुँदा अर्थमन्त्री डा. प्रकाशशरण महत प्रतिनिधि सभाको बैठकमा अनुपस्थित भएको भन्दै प्रतिपक्षीहरुले बिरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिपक्षी सांसदहरुले नियमावलीमा छलफल हुँदा सम्बन्धित मन्त्रालयका मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था भएकोले नियमावली उलंघन गर्न नहुने भन्दै बिरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री राष्ट्रिय सभाको बैठकमा गएको र प्राविधिक कारणले केही ढिलाई भएको भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


क्लिकमान्डु