नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बहस, पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठनको माग



काठमाडौं । प्रतिनिधि सभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सांसदहरुले प्रश्न गरेका छन् । सोमबारको बैठकको शून्य समयमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गरे ।

सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरे ।

त्यस्तै सांसद असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताए । उनले सो प्रकरणमा खुट्टा नकमाउन सरकारलाई आग्रह गरे । त्यस्तै कुनै प्रलोभनमा नपर्न पनि उनको आग्रह छ ।

प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरे ।
उनले यसअघि पनि विभिन्न विषयले सदन तातिने र नयाँ काण्ड आएपछि पुरानो काण्ड सेलाउने गरेको भन्दै यस घटनामा त्यस्तो नहोस् भनेर सचेत गराए ।


क्लिकमान्डु