बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्धः एमाले



काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमार थापा रावल पार्वतीले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालु बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको बताइन् ।

फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य लिएको वर्तमान गठबन्धन सरकारले लक्ष्य पूरा किन नगरेको भन्दै उनले प्रश्न गरिन्।

गत वर्ष बजेट निर्माणको क्रममा करको दर हेरफेर भएको र जसका कारण उद्योगी व्यवसायीमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

सरकार र वर्तमान अर्थमन्त्री यसबारेमा सचेत छन् कि छैन् भन्दै उनले प्रश्न गरिन् । आगामी वर्षको बजेट निर्माणमा विचौलियको प्रयोग हुँदैन भन्ने प्रत्याभुति सरकारले जनता र संसदलाई दिनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु