बैंकरको काम जोखिमसँग डराउने होइन, व्यवस्थापन गर्ने हो, राष्ट्र बैंकले स्वार्थी कुरा सुन्दैन



आफ्नो स्वार्थका कुराहरुको सम्बोधन भएन भन्दैमा हाम्रा कुरा सुनिएन भन्नु भएन । आम सर्वसाधारणको हितमा सैद्दान्तिक र व्यवहारिक हिसाबले काम भइरहेको छ कि छैन भनेर हेर्नुपर्छ । हामी जेन्यून सुझाबहरु सुन्छौं । तर, व्यावसायिक स्वार्थ वा खल्तीका सुझाव सुन्दैन ।

मलाई आज दिउँसो मात्रै एकजना साथीले सोध्नुभयो- हाम्रो वित्तीय क्षेत्रमा कतै समस्यामा त छैन ? मलाई उहाँले अन्यथा पो बुझ्नुभयो कि जस्तो लाग्यो । तथ्यांकमा आधारित भएर उहाँजतिको सिनियर मान्छेलाई बुझाउनै पर्ने अवस्था आयो । हाम्रो बैंकिङ प्रणालीको सोल्भेन्सीको अवस्था राम्रो छ । १३ प्रतिशतभन्दा माथिको पुँजी पर्याप्तता छ । जुन यो क्षेत्रमा राम्रो हो ।

सम्पत्तिको गुणस्तरका सम्बन्धमा पनि हामी अन्य देशको तुलनामा राम्रो अवस्थामा छौं । खाली हाम्रै अघिल्ला अघिल्ला वर्षहरुको तथ्यांकसँग तुलना गर्दा बढेको मात्रै हो । बैंकहरुको खुद खराब कर्जा हेर्ने हो भने त्यो निकै कम छ । हामीले सम्भावित जोखिम व्यवस्थाका लागि मोटो रकम छुट्याइसकेका छौं ।

हाम्रो वित्तीय प्रणालीमा निश्चय पनि केही चुनौतिहरु थपिएका छन् । तर, नेपालको वित्तीय क्षेत्र विश्वक धेरै देशको भन्दा सबल, सक्षम र सुरक्षित छ ।

अर्कोकुरा हाम्रो वित्तीय प्रणालीलाई लगानीयोग्य पुँजी (तरलता)ले अफ्ठ्यारो पार्यो भन्ने गरिन्छ । तर, पछिल्लो समय तरलता धेरै नै सहज हुँदै गएको छ । गत बिहीबारको तथ्यांक हेर्ने हो भने राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको सापटी (एसएलएफ र ओभरनाइट सुविधा) शून्यप्राय छ । उहाँहरुले डेढ महिनादेखि राष्ट्र बैंकसँग सापटी लिनु भएको छैन । दैनिक तरलता व्यवस्थापनका लागि लिने सुविधा पनि शून्यप्राय छ ।

गत भदौको २३-२४ र २५ गतेको तथ्यांक हेर्ने हो भने यस्तो सुविधाको रकम २ खर्ब ९९ अर्ब रुपैयाँ थियो । चाहिएको भएन त बैंकहरुले लिन सक्थे नि आजका दिनमा पनि । तरलतासँग सम्बन्धित राष्ट्र बैंकका विभिन्न प्रुडेन्सियल मेकानिजमहरु छन् । सीआरआर, एसएलआर, नेट लिक्विडिटी रेसियो, सीडी रेसियोलगायत राख्नुपर्ने नियामकिय प्रावधानहरुले हाम्रो वित्तीय प्रणालीलाई बाँधेर राखेको छ ।

वित्तीय प्रणाली अर्थतन्त्रको मेरुदण्ड हो । वित्तीय क्षेत्र सबल नभएसम्म अर्थतन्त्र अघिबढ्न सक्दैन । र, अर्थतन्त्र राम्रो नहुँदा वित्तीय प्रणाली पनि राम्रो हुँदैन । त्यसकारण पनि अर्थतन्त्र र वित्तीय प्रणाली एकअर्काका परिपूरक हुन् । हामी सँगसँगै अघि बढ्ने हो ।

कुनै एउटा तलाउमा पानीमाथि तैरिरहेका कमिलाहरुले कुनै साहारा पाएनन् । त्यहाँ एउटा पात भेट्टाए भने ती कमिलाहरु त्यही पातमाथि चढ्दै जान्छन् । अहिले राष्ट्र बैंकलाई धेरैले त्यस्तै पात देख्नु भएको छ । हामी खुसी छौं, यहाँहरुलाई त्यो पातमा राखेर तलाउको किनारामा लैजान सकौं । तर, यहाँहरुले सँगसँगै सोच्नुपर्छ कि त्यो पातमा धेरैभन्दा धेरै कमिला बसियो भने तलाउको किनारासम्म पुग्न सकिँदैन । त्यहीँ डुबिन्छ । त्यसकारण राष्ट्र बैंकले पनि कति बर्डन सहने ? मौद्रिक नीतिका आफ्ना सीमा छन् । सीमासम्म अर्थात् त्यो पातको क्षमतासम्म पायौं भने तलाउको किनारासम्म पुग्न सकिन्छ, होइन भने संभव छैन ।

अहिले बजारमा कयौं कुराहरु आउँछन् । आफ्ना अफ्ठ्याराहरु छरेर प्रणालीलाई गल्ती देखाएर केही अर्थ छैन । आफ्नो जोखिमको व्यवस्थापन आफैंले गर्नुपर्छ । तर, के त भन्दा प्रणालीले, नीतिले तपाईंलाई साथ दिने हो, सहयोग पुर्याउने हो । हामीले कोरोना महामारीका क्रममा विभिन्न सुविधाहरु दिएकै हो । कोरोनाकालमा किन ती सुविधाहरु दिनुपथ्र्यो ? किन हामीले बैंकलाई ३ महिनाको ब्याज घटाइदिनोस् भन्यौं ? किन हामीले कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरण गर्न भन्यौं ? किन हामीले थप चालु पुँजी कर्जा दियौं ? बिजनेश नबाँचिकन बैंक पनि बाँच्न सक्दैन भनेर यी सुविधाहरु दिनु परेको हो ।

अर्थतन्त्र नबाँची बैंक पनि बाँच्न सक्दैन । सँगसँगै बैंक नबाँचीकन व्यवसायीहरुले सही सेवा पनि पाउन सक्दैनन् । त्यसकारण दुबै बाँच्नुपर्छ । त्यो सिद्दान्त अहिले पनि काम लाग्छ । के अहिलेको अवस्था पनि त्यस्तै हो त ?

नेपाल राष्ट्र बैंकले लिने नीतिहरुका बारेमा बजारमा थुप्रैखाले बहशहरु हुन्छन् । म यहाँ के कुरा प्रष्ट पार्न चाहन्छु भने राष्ट्र बैंकले लिने नीतिहरु धेरै गहन छलफलका आधारमा लिने नीतिहरु हुन् । हामी कयौं सरोकारवालाहरुसँग छलफल गरिरहेका हुन्छौं । धेरै जनाले प्रश्न गर्नुहुन्छ, तपाईंहरु छलफल गर्नुहुन्छ । हाम्रा प्रतिक्रियाहरु चाहिँ खासै सुन्नुहुन्न । निर्णय आफैं गर्नुहुन्छ । यस्ता प्रतिक्रियाहरु पनि बाहिर आएका छन् । यसका पछाडि केही कारणहरु छन् । केही सिद्दान्तहरु छन् । आफ्नो स्वार्थका कुराहरुको सम्बोधन भएन भन्दैमा हाम्रा कुरा सुनिएन भन्दिनु भएन । आम सर्वसाधारणको हितमा सैद्दान्तिक र व्यवहारिक हिसाबले काम भइरहेको छ कि छैन भनेर हेर्नुपर्छ । यो कुरा महत्वपूर्ण हुन्छ ।

हामी बारम्बार देखिरहेका छौं राष्ट्र बैंकप्रतिको अपेक्षा अत्यन्तै बढेर गएको छ । र, यो अपेक्षालाई म कसरी लिन्छु भने- कुनै एउटा तलाउमा पानीमाथि तैरिरहेका कमिलाहरुले कुनै साहारा पाएनन् । त्यहाँ एउटा पात भेट्टाए भने ती कमिलाहरु त्यही पातमाथि चढ्दै जान्छन् । अहिले राष्ट्र बैंकलाई धेरैले त्यस्तै पात देख्नु भएको छ । हामी खुसी छौं, यहाँहरुलाई त्यो पातमा राखेर तलाउको किनारामा लैजान सकौं । तर, यहाँहरुले सँगसँगै सोच्नुपर्छ कि त्यो पातमा धेरैभन्दा धेरै कमिला बसियो भने तलाउको किनारासम्म पुग्न सकिँदैन । त्यहीँ डुबिन्छ । त्यसकारण राष्ट्र बैंकले पनि कति बर्डन सहने ? मौद्रिक नीतिका आफ्ना सीमा छन् ।

सीमासम्म अर्थात् त्यो पातको क्षमतासम्म पायौं भने तलाउको किनारासम्म पुग्न सकिन्छ, होइन भने संभव छैन । त्यसकारण मौद्रिक नीतिसँग जे जति स्पेश छ त्यो स्पेशभित्र बसेर हामीले काम गर्छौं । हामी मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्ने शिलशिलामा छौं । यही महिनाभित्र समीक्षा गर्नेछौं । नेपाल सरकारलाई नयाँ बजेटका लागि सुझाब पनि दिएका छौं । सँगसँगै हामी साउनको पहिलो साता आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तयारी गर्ने काम सुरु गरिरहेका छौं । हामी जेन्यून सुझाबहरु सुन्छौं । तर, जो आफ्नो व्यावसायिक स्वार्थ वा आफ्नो खल्तीका लागि मात्रै सुझाव दिइरहेका छन्, तीनलाई चाहिँ हामी सुन्दैनौं र गन्दैनौं ।

आम निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरेर त्यसको सुररक्षा गर्ने जिम्मा हामीलाई दिनुभएको छ, त्यसलाई सुरक्षित राख्ने काम हाम्रो प्रणालीले गरिरहेको छ । कहीँ कतै कुनै संस्थाले सकेन भने राष्ट्र बैंकले त्यस्तो संस्थालाई हस्तक्षेप गरेर भए पनि निक्षेपकर्ताको पैसा डुब्न दिँदनौं । प्रणालीमा भइरहेका गतिविधिलाई हामीले नजिकबाट नियालीरहेका छौं । 

अहिले बैंकिङ प्रणालीमा केही चुनौति र दबाबहरु थपिएका छन् । बैंक यस्तो संस्था हो जो चुनौतिहरुका सामना गर्दै अघिबढ्न जन्मिएको संस्था हो । त्यही जोखिमको व्यवस्थापन गरेर नै बैंकले नाफा कमाउने हो । कस्टोडिन हो, सर्वसाधारणको निक्षेप हो । यहाँहरु अधिकांश सञ्चालक समितिमा हुनुहुन्छ, अध्यक्षहरु पनि हुनुहुन्छ, सीइओ र उच्चपदस्थ कर्मचारीहरु पनि हुनुहुन्छ । अत्यत्नै व्यावसायिक र पारदर्शी हिसाबले काम गरिरहनु भएको छ । फलस्वरुप हामीले हाम्रो वित्तीय प्रणालीलाई सबल राख्न सकेका छौं। रेगुलेटेड पनि हुनुहुन्छ । हाम्रा रेगुलेशनहरु पनि त्यतिकै प्रुडेन्ट छन् ।

हाम्रो वित्तीय प्रणालीमा चुनौतिहरु भए पनि अन्यदेशमा देखिएको जस्तो खतरा भने छैन । हामी धेरै नै सुरक्षित छौं । आम निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरेर त्यसको सुररक्षा गर्ने जिम्मा हामीलाई दिनुभएको छ, त्यसलाई सुरक्षित राख्ने काम हाम्रो प्रणालीले गरिरहेको छ । कहीँ कतै कुनै संस्थाले सकेन भने राष्ट्र बैंकले त्यस्तो संस्थालाई हस्तक्षेप गरेर भए पनि निक्षेपकर्ताको पैसा डुब्न दिँदनौं । प्रणालीमा भइरहेका गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौं ।

हामीसँग दैनिक रिपोर्टिंङको मेकानिजम छ । र, हामीलाई प्रष्ट थाहा छ कि हाम्रा कुन संस्थाहरु कस्तो अवस्थामा छन् भन्ने कुरा । वित्तीय प्रणालीमा चुनौति र जोखिमहरु थपिँदै गएका छन् । हिँजो हामी क्रेडिट रिक्स, अप्रेसन रिक्स, मार्केट रिक्स लगायत भन्थ्यौं जलवायुसँग सम्बन्धित जोखिमहरु पनि थपिएका छन् । जलवायु परिवर्तसँग जोडिएका जोखिमलाई हामीले ध्यानपूर्वक न्यूनिकरण गर्न लागेनौं भने भावी दिनमा यसले अर्थतन्त्र र समाजलाई निकै ठूलो जोखिममा लैजाने निश्चित छ । यसमा भने हामी सचेत हुन जरुरी छ । नयाँ नयाँ जोखिमहरुको विश्लेषण गर्ने र म्यानेज गर्ने काम बैंकरको हो । जहाँ चुनौति छ, जहाँ जोखिम छ, त्यहाँ डराउने होइन । त्यसलाई व्यवस्थापन गर्ने हो ।

(बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आयोजना गरेको नेपाल बिजनेस समिट २०२३ मा गभर्नर अधिकारीले दिएको मन्तव्यको सम्पादित अंश)


क्लिकमान्डु