प्रभु लाइफका बिमितले अधिकतम ७० रुपैयाँसम्म बोनसदर पाउने, कुन योजनामा कति ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट आर्थिक वर्ष २०७७/०७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृति भएपछि इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बिमालेखरुका लागि कायम हुने गरी बोनसदर लागू हुने जनाएको छ ।

इन्स्योरेन्सले बिमा योजना र बिमा अवधिअनुसार आव २०७७/०७८ का लागि प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बिमालेखमा बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

बिमितले इन्स्योरेन्सको सावधिक तथा आजीवन बिमालेख अन्र्तगत बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा प्रतिहजार न्यूनतम ३५ देखि ५१ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

यस्तै, अग्रिम भुक्तानी सावधिक (समुन्नती) बिमा योजनाका लागि इन्स्योरेन्सले बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्तै, उल्लेखित बोनसदर अर्को बिमाङ्कीय मूल्याङ्कन प्राधिकरणबाट स्वीकृति नभएसम्मको लासग पनि यही बोनसदर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशकि अवधि दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बिमालेखहरुमा कायम हुने समेत इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु