कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, गोरखाका तामाङ पक्राउ



काठमाडौं । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा घर भई काठमाडौँको नयाँ बसपार्क बस्ने सुदीप लामा तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी ३१ लाख ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

तीन जना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।


क्लिकमान्डु