लचिलो मौद्रिक नीति लिने अवस्था आएको छैन: आईएमएफ आवासीय प्रतिनिधि

308
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कि आवासीय प्रतिनिधि टेरेसा डबान साञ्चेजले लचिलो मौद्रिक नीति लिने अवस्था नआएको बताएकी छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा साञ्चेजले महँगी नियन्त्रण भित्र नभएकाले कसिलो मौद्रिक नीतिबाट फिर्ता हुने अवस्था नआएको बताइन् ।

‘राष्ट्र बैंकले लिएको नीतिले नेपालको बाह्य क्षेत्र सन्तुलनमा आएको छ । पर्यटन क्षेत्र चलाएमान भएको छ । रेमिट्यान्स आप्रवाह बढेको छ,’ साञ्चेजले भनिन्, ‘तर, अझै पनि महँगी नियन्त्रणमा छैन । त्यसैले नियामक निकाय सचेत भएर आगामी नीति लिनु पर्ने अवस्था छ ।’

साञ्जेचले बैंकिङ क्षेत्रमा रहेको जोखिम व्यवस्थापनका लागि तत्कालै सम्पत्ति वर्गिकरण गर्ने नीति लिन आवश्यक भएको बताइन्।

आर्थिक विकासका लागि स्थिरता महत्वपूर्ण हुने भन्दै समग्र आर्थिक क्षेत्रको स्थाईत्वका लागि नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्नु पर्ने साञ्चेजको धारणा छ ।