महानगरले पार्किङ र स्ट्याण्ड हटाएको बिरोधमा मैतीदेवीमा ट्याक्सी चालकहरुको प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्याक्सि स्ट्याण्ड र पार्किङ हटाएको बिरोधमा मतिदेवी क्षेत्रमा बिरोध प्रदर्शन भएको छ ।

आइतबार दिउँसो ट्याक्सी चालकले मैतीदेवीमा बिरोध प्रदर्शन गरेका हुन् ।

सडकमा ट्याक्सी रोकेर उनीहरुले मैतीदेवी चोकमा आन्दोलन गरेका हुन् । ट्याक्सीवालाको आन्दोलनका कारण यस क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

गौशालादेखि पुतलीसडकसम्म कतै पनि ट्याक्सी स्ट्याण्ड नभएपछि समस्या परेको उनीहरुको गुनासो छ । जसका कारण कहिँ यात्रु चढाउने र ओराल्ने गर्न खोज्दा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको उनीहरुको भनाइ छ ।

यसबारे काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको भए पनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ । पछिल्लो समय काठमाडौं महानगरले अव्यवस्थित पार्किङ बढेको भन्दै त्यसको व्यवस्थापन गरिरहेको जनाएको छ ।


क्लिकमान्डु