कर्णालीमा पैसा महोत्सव हुने



काठमाडौं । कर्णाली बेसिन कन्जरवेशन फाउण्डेसनले आगामी मंगलबारदेखि विरेन्द्रनरगरमा ‘कर्णाली पैसा महोत्सव’ आयोजना गर्ने भएको छ ।

नेपाल उद्योग वाणिज्यसंघ कर्णाली र सुर्खेत मोडल कजेजसँगको सहकार्यमा फाउण्डेसनले पैसा महोत्सव गर्न लागेको जनाएको छ । महोत्सवमा विभिन्न क्षेत्रका विशेषज्ञसँग अन्तर्क्रिया, उद्यमीका लागी परामर्श गरिने आयोजकले जनाएको छ ।

महोत्सवको उद्देश्य वित्तिय लगानी, उद्योगमा सृजनशिलता र व्यावसायिकताको विकास गर्नु हो । कर्णालीको आर्थिक तथा मानवीय पुँजी विकासमा बैंक तथा वित्तिय संस्था र बिमा कम्पनीहरुको भुमिकाका विषयमा महोत्सवले सम्बोधन गर्ने जनाइएको छ ।


क्लिकमान्डु