काठमाडौं महानगरका नगर प्रहरी तास खेलिरहेको फोटो सार्वजनिक, निलम्बनको तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा भेटिएका छन् । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा बुधबार दिउँसो ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा पाइएको हो ।

उनीहरू प्रहरी बलको पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानिया छन् ।

कार्यालय समयमा तास खेल्ने नगर प्रहरीलाई महानगरले निलम्बनको प्रक्रिया अघि बढाएको छ । बानिया कम्पनी करारमार्फत नगर प्रहरीमा आएका थिए । उनलाई भने फिर्ता पठाउने तयारी छ ।

अहिले अन्य प्रहरी पनि छानबिनको दायरामा छन् । अन्य पनि संलग्न भएको पाइए कारबाही हुने महानगरले जनाएको छ ।


क्लिकमान्डु