टोपबहादुरका छोरा सन्दीप पक्राउ, रायमाझीलाई पक्राउको तयारी



काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो लागेका सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

बुधबार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन् । उनी गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठगेको आरोप लागेको छ ।

पक्राउ परेका सचिव पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।

एमाले सचिव रायमाझीविरुद्ध जिल्ला अदालत कठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बुधवार अदालतबाट पक्राउ अनुमती पाएपनि अर्घाखाँची छत्रदेव गाउँपालिका–४ स्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा रहेका कारण पक्राउ गरिएको छैन । प्रहरी उनलाई पक्राउ गर्न तयारी अवस्थामा रहेको बुझिएको छ ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाएर ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझी पनि जोडिएका छन् ।


क्लिकमान्डु