राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवशेन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बजेट अधिवेशन वैशाख २४ अपरान्ह ४ बजे बस्ने गरी आह्वान भएको हो ।

बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत हुनेछ । बजेट ल्याउनु अघी राष्ट्रपतिले संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्नेछन् ।

गत शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।


क्लिकमान्डु