एक वर्षमा प्रतिव्यक्ति आय बढेन



काठमाडौं । एक वर्षमा कुल गार्हस्थ उत्पादनका आधारमा नेपालीहरूको औसत आम्दानी बढेको छैन ।

गत वर्ष १ हजार ३९९ अमेरिकी डलर रहेको जीडिपी प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३९९ डलर नै कायम छ ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार १.८६ प्रतिशतले आर्थिक वृद्धि हुँदा पनि अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले प्रतिव्यक्ति आयमा वृद्धि नदेखिएको हो ।

यस्तै, यो वर्ष कुल राष्ट्रिय उत्पादनका आधारमा भने प्रति व्यक्ति आय ३ डलरले बढेको छ। गत वर्ष कुल राष्ट्रिय उत्पादनका आधारमा प्रतिव्यक्ति आय १४०७ डलर रहेकोमा यो वर्ष १४१० डलर पुगेको छ ।

गत वर्ष जिडिपीका आधारमा प्रतिव्यक्ति आय १ हजार ३८१ हुने अनुमान रहेकोमा १ हजार ३९९ डलर पुगेको कार्यालय जनाएको छ। यो वर्ष पनि जिडिपी प्रतिव्यक्ति आय १ हजार ३९९ डलर नै रहने कार्यालयको अनुमान छ।

(* यसअघि प्रकाशित समाचारमा केही प्राविधिक त्रुटी भएकोले सच्च्याइएको छ – सं)


क्लिकमान्डु