मोबाइल व्यवसायीको बिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्ने



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल मोबाइल व्यवसायी महासंघबीच बिमा सम्बन्धी सम्झौता भएको छ ।

कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा र सहज सेवा उपलब्ध गराउनका लागि संघ र इन्स्योरेन्सबीच बिमा सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चकी क्षेत्री र महासंघका अध्यक्ष भरत भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नेपाल मोबाइल व्यवसायी महासंघसँग आबद्ध सम्पूर्ण सदस्यहरूको पसलमा रहने विभिन्न ब्रान्डका मोबाइल फोनसेट, फर्निचर, फिक्सिङ्गको सम्पत्ति बिमा , चोरी बिमा तथा सोसँग सम्बन्धित अन्य सरसामानहरू, सदस्यहरूको अन्य सम्पत्ति तथा सवारी साधनहरू, सदस्य र कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा नियमअनुसार गराउन गराउने गरी दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्सले दाबी भुक्तानी प्रक्रियाका लागि सर्भेयर नियुक्ति गरी सरल र सहज रूपमा तुरुन्तै व्यवस्थापन गराउने भएको छ ।

इन्स्योरेन्सले दाबी सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू प्राप्त भएपश्चात् ५० हजारसम्मको दाबी ७ दिन भित्र र २ लाखसम्मको दाबी २ हप्ता भित्रमा र सोभन्दा बढीको दाबी ३ हप्ता भित्रमा फर्छ्यौट गरिने कुरामा दुवै पक्ष सहमति हुने सम्झौतामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु