रास्वपाको कार्यविभाजन: स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख, कसलाई के जिम्मेवारी ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ३६ वटा विभाग गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभागहरु गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ ।

रास्वपाले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पार्टीको अर्थ नीति विभाग प्रमुख बनाएको छ । लिमा अधिकारीलाई आर्थिक व्यवस्थापन विभाग, मनिष झालाई सार्वजनिक लेखा समीक्षा विभाग र विराजक्त श्रेष्ठलाई मुद्रा तथा पुँजी बजार विभागको प्रमुख बनाएको छ ।

डा.मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ भने संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन्।
रास्वपाले अशोक चौधरीलाई सहकारी विभाग प्रमुख बनाउँदा हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभागको प्रमुख बनाएको छ ।

यस्तो छ रास्वपाको कार्यविभाजन


क्लिकमान्डु