अर्थ मन्त्रालयको प्रवक्तामा शर्मा

686
Shares

काठमाडौं। अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मेवारी धनीराम शर्मालाई दिइएको छ ।

मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका शर्मा प्रकाशशरण महत अर्थमन्त्री भएपछि जिम्मेवारी बिहीन थिए।

मंगलबार मन्त्री महतले शर्मालाई अनुगमन महाशाखामा सरूवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन् ।

हाल मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरूवा भएपछि अनुगमन महाशाखा रिक्त थियो।

मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना हुँदा समेत मन्त्री महतले दुई जना सहसचिवलाई अझै जिम्मेवारी दिन सकेका छैनन् ।

मन्त्रालय सरूवा भएर आएको दुई महिना हुँदा समेत जनक शर्माले कुनै जिम्मेवारी पाउन सकेका छैनन् । यस्तै, महतले तीन साता अघि मन्त्रालयमा ल्याएका बाबुराम सुवेदीलाई पनि जिम्मेवारी दिन सकेका छैनन् ।